भारतको महाराष्ट्र र झारखण्डमा विधान सभाको मतगणना चल्दै
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – आइतबारदेखि देशभरिकै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र साेमबार देशभरकै मौसम सामान्यतया सफा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
अहिले काठमाण्डाैसहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्ने मौसमविद् मानन्धरले बताउनु भयो । साेमबार पनि सामान्यतया देशभरिकै मौसम सफा हुनेछ ।
नयाँ मौसमी प्रणाली देखिएकाले मङ्गलबारदेखि भने फेरि मौसम बदली हुने सम्भावना रहेको उहाँले बताउनु भयो । तर प्रणालीको असर कत्तिक्को पर्छ भन्ने बारे भने अहिल्यै भन्न नसकिने उहाँले जानकारी दिनुभयाे ।
आइतबार बिहान काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएकाे छ ।
केही दिन यता पश्चिमी वायुको प्रभावका कारण देशभर पानी र हिउँ पर्दा जनजीवन प्रभावित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।