लक्ष्मीबहादुर निराला न्याय परिषद् सदस्यमा अनुमोदन

 पुष २०, २०७६ आइतबार १८:२९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - न्याय परिषद् सदस्यमा लक्ष्मीबहादुर निराला अनुमोदन हुनुभएको छ ।

आइतबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले निरालालाई सर्वसम्मतले न्याय परिषदको सदस्यमा अनुमोदन गरेको हो । समिति बैठकमा सहभागी निरालाले सांसदले सोधेका प्रश्नको जवाफ दिएपछि नाम सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले उज्यालोलाई जानकारी दिनुभयो ।

 निरालाले राजनीतिक र आर्थिक प्रभावबाट प्रभावित नभइ काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सांसदले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले अहिलेसम्म कतैबाट प्रभावित नभएको भन्दै कुनै पनि विकृति तथा विसंगतिबाट प्रभावित नहुने बताउनुभयो ।

दबाब आएमा आफू न्याय परिषदबाट बाहिरिदिने पनि उहाँले बताउनुभयो । राजनीतिक र आर्थिक प्रभावले न्यायालय प्रभावित भएको भन्दै सांसदले निरालालाई न्याय परिषद सदस्यको रुपमा प्रभावित हुने कि नहुने? भनी प्रश्न गरेका थिए । निरालाविरुद्ध समितिमा उजुरी दिने समय तोकिए पनि कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ ।

अब राष्ट्रपतिले निरालालाई सदस्यमा नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया