बहुमत हुनेले सभामुख वा उपसभामुख दिन तयार भए हामी पनि लिन तयार छौं : नेता कर्ण

 पुष २१, २०७६ सोमबार १७:७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी नरहने बताउनु भएको छ ।  

सभामुख वा उपसभामुख लिन आफूहरुको सामर्थ्य  नै नरहेको भन्दै उहाँले कोही बहुमत हुने पार्टीले दिन तयार भए आफूहरु पनि लिन तयार रहेको बताउनुभयो ।  

‘यदि बहुमत हुनेले हामीलाई सभामुख वा उपसभामुख दिन तयार भए हामी पनि लिन तयार छौँ,’ उहाँले भन्नुभयो, ‘तर बहुमत हुनेले समर्थन वा प्रस्ताव नगरे हामी दाबी गर्दैनौँ ।’

प्रदेश नम्बर २ को सरकार परिवर्तनबारे अनुमानको भरमा हल्ला चलाइएको पनि बताउनुभयो । उहाँले प्रदेश नम्बर २ मा सरकार फेरबदल नहुने प्रष्ट पार्नु भयो । 

आफूहरुले नेकपासँग राष्ट्रियसभा चुनावका लागि २ बुँदे सहमति गरेको भन्दै प्रदेश २ मा सरकार परिवर्तनको कुनै सहमति नभएको बताउनुभयो । 

नेकपा विदेशी पार्टी नभइ देशकै पार्टी रहेकाले चुनाव सकिएलगत्तै थप सहकार्यको बारेमा छलफल हुने उहाँले बताउनुभयो । ‘नेकपा विदेशी पार्टी होइन । यो पनि यही देशको पार्टी हो । हामी अहिले पनि साथमै छौं । हामीबीच सहकार्य बढ्दै जान्छ ।’

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया