प्रदेश ३ को नाम वागमती र राजधानी हेटौँडा नै राख्न नेकपाको फेरि निर्देशन

 पुष २२, २०७६ मंगलबार २०:२८:१४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश–३ को नाम वागमती र स्थायी राजधानी हेटौँडा राख्न फेरि निर्देशन दिएको छ ।

आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै पार्टी सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका सांसदहरुलाई काठमाण्डौ बोलाएर नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि निर्देशन दिनुभएको हो ।

पार्टीका महासचिव बिष्णु पौडेलसमेत सहभागी छलफलमा प्रदेश राजधानी हेटौँडा राख्नु विभिन्न दृष्टिमा महत्वपूर्ण रहेको भन्दै शीर्ष नेताहरुले पार्टीको निर्देशन मान्न फेरि निर्देशन दिइएकाे बैठकमा सहभागी प्रदेश–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिनुभयो ।

हेटौँडा राजधानी तोक्ने विषय जटिल बनेपछि नेकपाका प्रदेश सांसदहरुको तीन वटा समूह सोमबार नै पार्टी नेतृत्वसँग छलफल गर्न काठमाण्डौ आएको थियो । तर, पहिले गरेको निर्णयबाट पार्टी सचिवालय पछि नहटेपछि प्रदेशका नेता, सांसद र मन्त्रीहरु मंगलबार हेटौँडा फर्किएका छन् ।

दुई घण्टासम्म प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकपछि स्थायी राजधानी हेटौँडा कायम गर्न सबै सहमत भएको मन्त्री जमरकटेलले जानकारी दिनुभयो ।

मंगलवार मुख्यमन्त्री निवासमा हुने भनिएको संसदीय दलको बैठक छोडेर नेताहरु काठमाण्डौ आएका कारण मंगलवार बस्ने भनिएको नेकपाको प्रदेश ३ संसदीय दलको बैठक पनि स्थगित भयो । बुधवार प्रदेश सभा बैठक सुरु हुनुअघि संसदीय दलको बैठक बस्ने नेकपा प्रदेश ३ ले जनाएको छ ।

नामको विषयमा सहमति जुटे पनि राजधानी विवादले हेटौँडामा ३ दिनसम्म चलेको संसदीय दलको बैठक बिनानिश्कर्ष स्थगित भएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

2 Comments

  • Nishan Bhandari

    Jan. 8, 2020, 7:36 p.m.

    प्रदेश ३ को राजधानी हेटौडा वा जहाँसुकै आफ्नो खुसीले राख्नुस तर भोली पर्सी भोट नेकपा मा हाल नभन्नुस हामी पनि भोट आफ्नो खुसीले अरु चुनाव चिन्ह मा दिनेछौ

  •  0 Reply
  • Ashok

    Jan. 7, 2020, 8:37 p.m.

    भीरवाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न चाहिं सकिन्न भने झैँ प्रदेश नं ३ वाट नेकपाले आफ्नो सर्वस्व नै गुमाउनु नै छ भने ....आगे भगवानको इच्छा ...काभ्रेली र भक्तपुरका नागरिकले उत्तर दिनेछन /

  •  1 Reply

तपाईको प्रतिक्रिया