सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

 पुष २४, २०७६ बिहीबार १६:१७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औँँ वार्षिक साधारण सभामा मन्त्री अर्यालले सहकारी विकासको दिशातर्फ जानुपर्ने बताउनु भएको हो । राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अर्न्तगत समेटेको भन्दै मन्त्री अर्यालले ‘एक सहकारी एक रोजगारी’ अनिवार्य रुपमा लागु गरेर जानुपर्ने बताउनुभयो ।

‘सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्यशीलतामा जान सम्भव छ । यसबाट रोजगारी सिर्जना गर्न सकिन्छ । फलस्वरुप वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिन्छ’, मन्त्री अर्यालले भन्नुभयाे । 

राज्यले सन् २०३० सम्ममा गरिबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरिबीको संख्या न्यूनीकरण गर्न सहकारीले भूमिका खेल्नुपर्ने बताउनुभयो । सहकारीमा उद्यशीलता नारा बनाएर जान सुझाव दिँदै मन्त्री अर्यालले काम सुरू गरिहाल्न आग्रह गर्नुभयो । 

मन्त्री अर्यालले भन्नुभयाे, ‘काम गर्न चाहँदा हातखुट्टा बाँध्ने कानुन फ्याँक्ने अभियानमा छौँ । सहकारीमैत्री कानुन पहिलो शर्त हो । यसवर्ष सहकारीमैत्री कानुन बनाउने कुरा सम्पन्न गरौँ।’

बचत तथा ऋण सहकारी संस्थाहरूको संख्या धेरै हुँदा प्रगतिमा बाधक हुने भएकोले सहकारीको संख्या कम गर्ने अभियान जानुपर्ने उहाँकार्म भनाइ थियाे ।  

भोलिको सम्भावित जोखिमको विश्लेषण गरेर सचेत हुनुपर्ने भन्दै उहाँले त्यसलाई एक मर्जर गरेर कम बनाउने र दुई निष्क्रिय रहेका संस्थाको खारेजीमा जानुपर्ने बताउनुभयो । 

समयसापेक्ष सहकारीलाई प्रविधिमैत्री बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले सहकारीलाई प्रविधीमैत्री गरेरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया