सांसदहरुले मागे मन्त्री र कर्मचारीको स्पष्टीकरण

 पुष २८, २०७६ सोमबार १५:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुले स्पष्टीकरण लिन माग गरेका छन् । विभिन्न चरणमा बजार अनुगमन पछि राष्ट्रियसभा अन्तर्गतले सरकारलाई दिएका निर्देशन पालना नभएको भन्दै सांसदहरुले यस्तो माग गरेका हुन् । 

सोमबार बसेको दिगो विकास तथा सुशासन राष्ट्रियसभाका सांसदहरुले राष्ट्रियसभाबाट हुने कुनै पनि निर्देशन सम्बन्धित मन्त्री र सचिवहरुले पालना नगरेकाे बताएका छन् । सांसद विमला राई पौडेलले सम्बन्धित मन्त्रालय र विभागका मान्छे बोलाएर अनुगमनका क्रममा पसलेहरुले राखेका समस्या समाधान गर्न मिति दिने र त्यसपछि मात्रै अनुगमनमा जानुपर्ने बताउनुभयो । 

‘दशै अगाडी गएर खसी बजारका पसलेहरुसँग कुरा गरेर आयौँ । यो भएन, त्यो भएन् भनेर उनीहरले धेरै कुराहरु गरे ।अहिले फेरी अगुमनमा जाउ भने स्थिति पहिलाको जस्तै छ । हाम्रो विश्वसनियता के हो ? हामीले उठाएका प्रश्न्हरु केही पनि समाधान नहुने हाे ?’ राइले भन्नुभयो । 

सांसद महेश कुमार महराले धेरै निर्णयहरु भए पनि व्यवहारमा केही पुष्टि हुन नसकेको बताउनुभयो । सम्बन्धित मन्त्रालय र कर्मचारीहरुले निर्देशन पालना गर्न नचाहेको उहाँले बताउनुभयो । ‘राष्ट्रियसभा र त्यसका समिति भन्ने वित्तिकै केही होइन जस्तो सरकारलाई लाग्छ की ?’ उहाँले प्रश्न गर्नुभयो । आफूहरुको हैसियत पनि संघीय सांसदको भएको भन्दै उहाँले प्रतिनिधिसभाका समिति र राष्ट्रियसभाका समितिलाइ हेर्ने नजर फरक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘प्रधानमन्त्री चुन्नेमा र अभियोग लगाउने अधिकारसम्म भइदिएको भए केही सुनुवाई हुन्थ्यो की ? नत्र केही छैन, हाम्रो महत्वपूर्ण २ वर्षको समयमा धेरै गर्याै । केही प्रतिक्रिया नै छैन् । संघीय संसदको संघीय सांसद हौ नी सबै ’ उहाँले भन्नुभयो ।

सांसद दिनानाथ शर्माले समितिले दिएको निर्देशन अनुसार भएको कामहरुको बारेमा स्पष्टिकरण लिने काम भएमात्रै परिणाम आउने बताउनुभयो । समिति सभापति तारादेवी भट्टले मन्त्रीहरुलाई समिति बैठकमा बोलाउँदा पनि समय नदिने गरेको गुनासो गर्नुभयो । समितिको बैठकमा सहभागी हुन तीन दिन अगाडी नै जानकारी गराएर समय माग्दा पनि अन्यौल भएको उहाँको भनाई छ । सुरुसुरुमा बोलाउँदा मन्त्रीहरु आउने गरेको भएपनि १ वर्षयतादेखि नटेर्ने प्रवृति हाबी भएको उहाँले बताउनुभयो ।

सोमबार बजार अनुगमनलाई नियमति गर्ने छलफल र छड्के अनुगमन सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया