अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
रामेछाप – वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको छ ।
जगदीश घिमिरे प्रतिष्ठान रामेछापले सोमबार साहित्यकार स्वर्गीय घिमिरेको जन्मथलो मन्थलीमा कार्यक्रमको आयोजना गरि डा.रुइतलाई नगद र सम्मान पत्रसहित सम्मान गरेकाे हो ।
डा.रुइतलाई मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले सम्मानपत्रसहित ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभएकाे हाे । नगर प्रमुख बस्नेतको हातबाट पुरस्कार ग्रहण गर्दै डा.रुइतले वरिष्ठ साहित्यकार स्वर्गीय घिमिरेको अगुवाईमा रहेकाे तिलगंगा आँखा केन्द्रले गति लिएकाे बताउनुभयाे ।
त्यस्तै डा.रुइतले स्वर्गीय घिमिरेले समाजमा गरेको समाजसेवा, साहित्य र अन्य समसामयिक विषयमा गरेको योगदानको खुलेर स्मरण गर्नुभयाे । स्वर्गीय घिमिरे तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक अध्यक्ष हुनुहुन्थ्याे । कार्यक्रम जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष तथा स्वर्गीय घिमिरेकी श्रीमती दुर्गा घिमिरेको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।