इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - सर्वोच्च अदालतले गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि थप गर्ने निर्णयबारे छलफल गर्न सरकारलाई बोलाएको छ ।
अधिवक्ता विष्णु लुइँटेलले लिज अवधि नसकिँदै रिसोर्टको समयावधि २५ वर्ष थपेको भन्दै गएको शुक्रबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले सरकार र नेपाल ट्रष्टलाई माघ १२ गते छलफलका लागि बोलाउन आदेश दिएको हो ।
सर्वोच्चले वातावरण विनाश हुनेगरी जंगल मासेर थप संरचना बनाउन खोज्नुको कारण पनि सरकारसँग सोधेको छ । रिट निवेदक र सरकारबीच छलफल पछि अन्तरिम आदेशको टुङ्गो लगाउने गरी सरकारलाई छलफलमा बोलाउने आदेश भएको सर्वोच्च अदालतका संचारविज्ञ किशोर पाैडेलले जानकारी दिनुभयो ।
गोकर्ण फरेस्ट रिसोर्ट रहेको काठमाण्डौ गोकर्णमा रहेको नेपाल ट्रष्टको जग्गा लिज अवधि नसकिँदै यति हाेल्डिङ्सलाई दिनेबारे सरकारले गरेको निर्णय अहिले विवादमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।