इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले शानदार जित दर्ता गरेको छ ।
मुम्बईमा घरेलु टोली भारतले दिएको २५६ रनको लक्ष्य अस्ट्रेलियाले विकेट नै नगुमाई पुरा गर्यो । अस्ट्रेलियाले १० विकेटको जित दर्ता गर्दा ७४ बल बाँकी राखेको थियो ।
अस्ट्रेलियाका लागि डेभिड वार्नर र एरोन फिन्चले शतकीय पारी खेले । दुवै खेलाडीले शतक बनाउँदा भारतका कुनै पनि बलर हावी हुन सकेनन् । वार्नरले ६ रन बनाउँदा जीवन दान पाएका थिए । आउट दिइएका उनी त्यतिबेला ‘रिभ्यू’ बाट जोगिएका थिए । त्यसपछि आक्रामक पारी खेल्दै शतक नै बनाए । वार्नर १२८ तथा फिन्च ११० रनमा नट आउट रहे ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले सुरुआत भने राम्रो गर्न सकेन । १३ रन हुँदा पहिलो विकेटको रुपमा रोहित शर्मा आउट भएका थिए । १० रन बनाएका रोहितलाई मिचेल स्टार्कले आउट गरेका थिए ।
त्यसपछि शिखर धवन तथा केएल राहुलले भारतको इनिङ्स उकास्ने प्रयास गरेका थिए । यी दुईबीचमा १२१ रनको साझेदारी भएको थियो । राहुल व्यक्तिगत ४७ रन बनाएर आउट भए । उनलाई एस्टन अगरले आउट गरेका थिए ।
तेस्रो विकेटको रुपमा धवन ७४ रन बनाएर आउट भए । उनलाई प्याट कमिन्सले आउट गर्दै अस्ट्रेलियालाई खेलमा फर्काएका थिए ।
कप्तान विराट कोहली १६ रन जोडेका बेला जाम्पाको बलमा आउट भए भने श्रेयस अय्यर ४ रन बनाए आउट भए ।
ऋषभ पन्त र रविन्द्र जडेजाले ४९ रनको साझेदारी गर्दै २०० रन कटाएका थिए । जडेजा २५ रन बनाउँदै छैटौँ विकेटको रुपमा आउट भए भने त्यसलगत्तै पन्त पनि २८ रन बनाएर पेभेलियन फर्किए । कुलदीप यादव १७ रनमा रन आउट हुँदा शार्दुल ठाकुर १३ रनमा आउट भए । १० रन बनाएका मोहम्मद सामी आउट भएसँगै भारत ४९.१ ओभरमा २५५ रनमा रोकियो ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन तथा प्याट कमिन्स र केन रिचर्डसनले दुई-दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।