इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
धनुषा - अवैध क्रसर सञ्चालकद्वारा हत्या गरिएका दिलिप महतोको परिवारलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भेटेर हत्यामा संलग्नहरुलाई कारबाही गराउन कुनै कसर बाँकी नराख्ने बताउनुभएकाे छ ।
मुख्यमन्त्री राउतले शुक्रबार पीडित परिवारलाई भेटेर हत्यामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कारबाही गराउन प्रदेश सरकारले आफ्नाे तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएकाे हाे ।
गएकाे पुस २४ गते अवैध क्रसर सञ्चालक विपिन महतोलगायतका व्यक्तिहरुले योजनाबद्ध रुपमा श्रीपुरका दिलिपको औरही खोलामा रहेकाे क्रसर उद्योगमै फलामे लिभरले घोचेर घाइते बनाएपछि दुर्घटना भन्ने देखाउन टिपरले किचेर हत्या गरिएकाे थियाे ।
परिवारको सहारा गुमेपछि दिलिपको परिवारको अवस्था अहिले आँसु थाम्नै नसकिने अवस्था छ । आमा अहिले बेहोसी अवस्थामै र दम रोगबाट ग्रस्त बुवा रामजीवन महतो परिवारको गुजारा कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ।
प्रदेश सरकारले यसअघि नै पाँच लाख रुपैयाँ राहतको घोषणा गरिसकेको छ भने आरोपित भनिएका विपिन महतो लगायतका ४ जना प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरुमाथि कर्तव्य ज्यानको मुद्दा दायर गरी धनुषा प्रहरीले अनुसन्धान प्रक्रिया जारी राखेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।