दुई विधेयकको विरोध गर्दै सतहत्तरै जिल्लामा कांग्रेसको ज्ञापनपत्र

 माघ ५, २०७६ आइतबार १८:४५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधिसमितिबाट पारित सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत कांग्रेसले ज्ञापन पत्र बुझाएको हो । 

काठमाण्डौमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुमार्फत सरकारलाई विरोध पत्र बुइझाएको छ । नेपाली कांग्रेसका काठमाण्डौ जिल्ला सभापति सवुज बानियाँले लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन पत्र बुझाइएको बताउनुभयो । 

कांग्रेसले सरकारको कदमलाई गम्भीर रुपमा लिएको र विधेयक नसच्याए आन्दोलनका अन्य कार्यक्रम घोषणा हुने चेतावनी उहाँले दिनुभयो । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी सैँजुले कुनै–कुनै माध्यमबाट तत्काल नै गृहमन्त्रालयमा पठाउने बताउनुभयो । 

संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा पटक-पटक कसैलाई जिस्क्याए, होच्याए, मानमर्दन हुने कार्य गरेमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया