इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
माेरङ - प्रदेश १ मा नयाँ नियुक्त भएका चार राज्यमन्त्रीहरुले शपथ लिएका छन् ।
नव-नियुक्त राज्यमन्त्रीहरुलाई प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले शपथ ग्रहण गराउनु भएकाे हाे ।
नव-नियुक्त राज्यमन्त्रीहरुमा सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, भौतिक पुर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय बिस्वास र भूमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रामबहादुर मगर हुनुहुन्छ ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रदेशका सचिव र नेताहरुको उपस्थिती रहेको थियो ।
२०७४ फागुन २ गते प्रदेश-१ को पहिलो मन्त्रिमण्डल गठन भएको थियो । मुख्यमन्त्री शेरधन राईसहित, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैत लगायतका मन्त्रीहरु पहिलो पटक प्रदेश सरकारमा आउनुभएकाे हाे ।
त्यसयता विभिन्न समयमा मन्त्रिपरिषद् विस्तार गर्ने तथा मन्त्रीहरु थप्ने बताउँदै आउनुभएका मुख्यमन्त्रीले २३ महिनापछि मन्त्रिमण्डल विस्तार गर्नुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।