सभामुख चयन प्रक्रिया, 'उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने' सम्भावना

 माघ ६, २०७६ सोमबार ९:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – प्रतिनिधिसभाका सभामुख चयनको प्रक्रिया आजदेखि सुरु हुने भएको छ । साेमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको तालिका प्रकाशन गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

याेसँगै झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभाकाे बैठकले निरन्तरता पाउने भएकाे छ । यसअघि गएकाे पुसको पहिलो हप्ता बसेको प्रतिनिधि सभाको बैठक त्यसपछि सूचना टाँसेरै स्थगित हुँदै आएको थियो।

सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि आज उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने सम्भावना रहेको उहाँ निकट स्राेतले जनाएको छ ।

नेकपाले यसअघि नै राजीनामा दिन निर्देशन दिए पनि उहाँले सभामुखको उम्मेद्वार चयन नगरेसम्म प्रतिनिधिसभालाई नेतृत्वविहीन नबनाउने भन्दै राजीनामा गर्न अस्वीकार गर्दै आउनु भएको छ ।

उपसभामुखले राजीनामा दिएपछि संसदले नयाँ उपसभामुख पनि चयन गर्नु पर्नेछ । दुवै पदका लागि चुनावी प्रक्रियासँगै अघि बढाउने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया