पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
हेटाैँडा – मकवानपुरको एभरेस्ट पानारोमा रिसोर्टमा बसेका आठ जना भारतीय पर्यटकको ज्यान गएको छ ।
मकवानपुरको थाहा नगरपालिका ४ काे सिमभञ्ज्याङमा रहेको रिसोर्टमा बसेका उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।
अचेत अवस्थामा भेटिएका सात जनालाई उपचारका लागि काठमाण्डाे लगिएकोमा अस्पतालले उनीहरुलाई पनि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठोरले जानकारी दिनुभयो । एक जनाको रिसोर्टमै ज्यान गएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । दुई वटा कोठा लिएर बसेका उनीहरुलाई आज बिहान बेहोस अवस्थामा फेला पारिएको थियो । उनीहरु भारतको केरला प्रदेशका नागरिक रहेको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेहरुमा भारत केरला राज्यका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीय सरिया, पाँच वर्षीय अभि, सात वर्षीया अर्चना, पाँच वर्षीय वैशनव र नौ वर्षीय वन्द्र रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरु दुई वटा कोठामा बसेको भए पनि बेहोस अवस्थामा भने एउटै काेठामा भेटिएको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरुकाे निसास्सिएर बेहोस भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
उनीहरु १५ जनाको समूहमा काठमाण्डाैकाे नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौँडा आएको बुझिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।