पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
मकवनपुर - ‘चिसो कोठालाई तताउन रातभर हिटर बालेकाे’ कारणले मकवानपुरकाे दामनकाे हाेटलमा मंगलबार ८ जना भारतीय पर्यटककको ज्यान गएकाे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भारतको केरलाबाट नेपाल घुम्न आएका १५ भारतीय पर्यटकमध्ये ८ जनाको मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा रहेकाे एभरेष्ट पानारोमा रिसोर्टमा ज्यान गएको हो ।
भारतीय पर्यटकको टोली पोखरा हुँदै सोमबार बा ३ क ३६८८ नम्बरको बसमा दामन पुगेका थिए । उनीहरुले रिसोर्टमा ४ वटा कोठा लिएका र ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए ।
एउटै कोठामा सुतेका ८ जना भारतीय नागरिक मंगलबार बिहान साढे ९ बजे बेहोस अवस्थामा भेटिएका थिए । मकवानपुर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रातभर हिटर बालेर सुतेका कारण ८ भारतीय बेहोस भएको खुल्न आएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयाे ।
बेहोस अवस्थामा रहेका भारतीय नागरिकलाई हेलिकप्टरबाट काठमाण्डौको ह्याम्स अस्पताल लगिएको थियो । अस्पतालका डाक्टरले मंगलबार १२ बजे मृत घोषणा गरेका हुन् । ज्यान गुमाउनेमा ४ जना बालबालिका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।