इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
दाङ - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टरिगाउँ विमालस्थलकाे स्तरवृद्धि हुने बताउनु भएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको तुलसीपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टराईले टरिगाउँ विमानस्थलकाे स्तरवृद्धि गर्न सरकारले बजेट विनियोजनसमेत गरेको बताउनुभयो ।
‘टरिगाउँ एयरपोर्ट स्तरोन्नतिका लागि तपाईँहरुले बढी जोड गरेको पाइयो’, उहाँले भन्नुभयाे, ‘ढुक्क रहनुहोस्, हामीले टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका लागि यस वर्ष बजेट पनि विनियोजन गरेका छौँ ।’
हाल रहेको सातसय ५० मिटर धावनमार्गलाई बिस्तार गरेर साढे १२ सय बनाउने गरी आफूले पहल थाल्ने उहाँले बताउनुभयो ।
साथै एयरपोर्टमा अस्थायी ईन्धन डिपो स्थापनाकालागि नेपाल आयल निगमसँग पनि सम्झौता भइसकेको मन्त्री भट्टराईको भनाइ थियाे । ।
‘ईन्धन डिपोका लागि नेपाल आयल निगमले जग्गा माग गरेको थियो’, उहाँले भन्नुभयो, ‘हामीले जग्गाका लागि सम्झौता गरिसकेका छौँ, अबको केही समयमा त्यहाँ ईन्धन डिपो स्थापना हुन्छ ।’
मन्त्री भट्टराईले मुलुकमा राजनीतिक मुद्दाको अन्त्य भएको भन्दै अब आर्थिक समृद्धिको मुद्दामा सबै राजनीतिक दल एक भएर हिँड्नुपर्ने बताउनुभयो ।
घोराहीमा भएको महोत्सवको उदघाटन गर्दै उहाँले देशमा अहिले भारतबाट विद्युत किन्नुपर्ने अवस्था रहे पनि अबको एक वर्षपछि नेपालबाट भारतमा विद्युत बिक्री गर्ने तयारी रहेको समेत बताउनुभयो ।
आउँदो वर्षदेखि नेपालको केन्द्रीय लाइनमा एकहजार मोगावाट विद्यतु थपिन लागेको उहाँले जानकारी दिनुभयाे।
((
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।