इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – सभामुखका उम्मेदवार अग्नि सापकोटालाई पक्राउ गर्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आइतबार सुनुवाइ नहुने भएको छ ।
अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको इजलासमा परेकोमा उहाँले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबार नहुने भएको हो ।
न्यायाधीश हुनुअघि फुयाँलले नै सापकोटाको मुद्दामा पक्षबाट बहस गरेकाले उहाँको इजलासमा सुनुवाइ हुन नमिल्ने भएको हो ।
सापकोटालाई सभामुख बनाउन लागिएको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीका मुख्य सल्लाहकार सुशिल प्याकुरेलले पदबाट राजिनामा दिनुभएको छ ।
यसैबीच प्रतिनिधि सभाको नयाँ सभामुख चयन आइतबार हुँदैछ । दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले नयाँ सभामुख चयन गर्नेछ ।
सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले उहाँ सभामुख बन्ने निश्चित जस्तै छ । आइतबारकाे बैठकले प्रक्रिया पूरा गरी उहाँलाई सभामुखमा निर्विरोध चयन भएको घोषणा गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।
आइतबारकाे बैठकमा प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारीको प्रस्ताव पेस गर्ने र प्रस्तावमा समर्थकहरु नेकपाका देव गुरुङ र ओनसरी घर्ती तथा राजपाका लक्ष्मणलाल कर्णले समर्थन गर्नु हुनेछ ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारकाे आराेपमा पक्राउ परेपछि सत्तारुढ नेकपाले उम्मेदवार चयन गर्न नसक्दा हिउँदे अधिवेशन सुरु भएको झण्डै डेढ महिनासम्म पनि प्रतिनिधि सभाले सभामुख पाउन सकेको छैन ।
सापकोटाको सपथ ग्रहण राष्ट्रपति कार्यालयमा आइतबार नै गर्ने तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।