इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत साेमबारदेखि नवौं चरणका खेलहरु हुँदैछ ।
आठौं चरणसम्मकाे खेल सकिँदा त्रिभुवन आर्मी १७ अङ्कसहित शीर्ष स्थानमा रहँदा शीर्ष सातमा रहने टिमसँग ५ अङ्कको मात्रै फरक रहेकाले ए डिभिजन लिगको उपाधि होड पनि खुला जस्तै छ ।
अझ दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच एक अङ्कको मात्रै अग्रता रहेकाले ए डिभिजन लिगको उपाधि जित्नका लागि शीर्ष तीनभित्र रहेका टिमलाई बाँकी रहेका पाँच–पाँच खेलको नतिजाले पनि पक्कै प्रभाव पार्ने छ । मच्छिन्द्र र मनाङ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
लिगअन्तर्गत साेमबार नेपाल पुलिस र एपीएफ खेल्दै छन् । पुलिस ११ अङ्कसहित आठौँ स्थानमा छ । पुलिसले तीन खेलमा जीत र दुई खेलमा बराबरी गरेकाे छ ।
एपीएफ भने रेलिगेशनको खतरामा छ । १३औँ स्थानमा रहेको एपीएफले अहिलेसम्म एक पटक जीत निकालेको छ भने दुई खेलमा बराबरी गरेकाे छ । पुलिस र एपीएफबीचकाे खेल मध्याह्न १२ बजे दशरथ रङ्गशालामा हुने छ ।
यस्तै दाेस्राे खेलमा मच्छिन्द्र र थ्री स्टार प्रतिस्पर्धा गर्दैछन् । मच्छिन्द्रले याे सिजनकाे लिगमा एक खेलमा मात्रै पराजय भोगेको छ । गएकाे संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेकाले यस वर्ष एक अङ्क घटाउँदा उसको पाँच खेलमा जीत र दुई खेलमा बराबरीले १६ अङ्क छ ।
यसैगरी १४ अङ्क जोडेको थ्री स्टार पनि मच्छिन्द्रविरुद्ध जीतसहित शीर्ष स्थानको आर्मीसँग अङ्क बराबरी गर्ने लक्ष्यमा हुने छ । मच्छिन्द्र र थ्री स्टारबीचकाे खेल दिउँसाे ३ बजे दशरथ रङ्गशालामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।