अनसनरत विद्यार्थीलाई कांग्रेस नेता शेखर कोइरालाको साथ

 माघ १६, २०७६ बिहीबार १९:५५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सानेपामा अनसनरत विद्यार्थीहरुसँग ऐक्यबद्धता जनाउनुभएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसेका विद्यार्थीहरुसँग भेट गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस नेतृत्वले नेविसंघको विधान विपरित नेतृत्व चयन गरेकाले विद्यार्थीहरु आमरण अनसनमा बस्नु परेको बताउनुभएको हो ।

नेता कोइरालाले पार्टी नेतृत्वले नेविसंघको विधान विपरीत काम गरिरहेको बताउनुभयो । उहाँले नेविसंघको विधानमा ३२ वर्ष माथिको व्यक्ति नेतृत्वमा नरहने व्यवस्था रहेको तर पार्टी नेताहरुको भागबण्डाले गर्दा उमेर हदलाई ख्याल नगरेको बताउनुभएको हो । 

उहाँले नौ वटा महामन्त्री बनाउनु भागबण्डाको राजनीति भएको स्पस्ट हुने समेत बताउनुभयो । नेता कोइरालाले पार्टी सभापति र वरिष्ठ नेता आएर अनसनमा बसेका विद्यार्थीहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा बिहीबार मात्रै तीन जनालाई मनोनयन गरेको बताउनुभयो । 

नेविसंघको नेतृत्वमा पार्टीले विधान विपरीत मनोनयन गरेको भन्दै विद्यार्थीहरु पार्टी कार्यालय सानेपामा चार दिन देखि आमरण अनसनमा बसेका छन् । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया