भारतकाे क्लबलाई हराउँदै आर्मी 'टाइगर कप' भलिबलकाे पहिलाे क्व...
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै - उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले माओवादी १० वर्षे जनयुद्ध सही भएको बताउनुभएको छ ।
मन्त्री पुनले जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको नबिर्सन आग्रह गर्नुभयो । जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान भएको उहाँको भनाइ थियो ।
जनयुद्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेको चर्चा गर्दै मन्त्री पुनले जनयुद्धचाहिँ कसरी गलत भयो? भन्ने प्रश्न गर्नुभयो ।
‘जनयुद्धको बेसमा आएको गणतन्त्र सबैका लागि स्वीकार्य हुने, जनयुद्धका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री बन्दा स्वीकार्ने तर, गणतन्त्र ल्याउने जनयुद्ध र जनयुद्धका योद्धाहरु चाहिँ किन अस्वीकार्य हुने ?’, शहीद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनको प्रथम साधारणसभालाई शनिबार नेकपा कार्यालय कोटेश्वर पेरिसडाँडामा उदघाटन गर्दै नेकपा स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री पुनले भन्नुभयो ।
उहाँले जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गर्नुभयो । मन्त्री पुनले जनयुद्धले नेपाली समाजमा ठूलो कायापलट ल्याएको भन्दै त्यो इतिहास कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने बताउनुभयो ।
मन्त्री पुनले आफूहरु संयोगले जनयुद्धबाट बाँचेर आएको भन्दै शहीदहरुको सपना बाँचेकाहरुले पूरा गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो पार्टी र सरकार जनयुद्ध तथा त्यसअघि र पछि भएका आन्दोलनका शहीदहरुका सपना साकार पार्न सक्रिय र प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।
मन्त्री पुनले शहीदका सपना साकार पार्नकै लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको स्पष्ट गर्नुभयो । आफ्ना अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकै बेला जनयुद्धका शहीदलाई शहीद घोषणा गरिएको स्मरण गर्दै मन्त्री पुनले राजपत्रमा प्रकाशित नहुँदा अन्योल कायम रहेकाले उक्त निर्णयलाई वर्तमान सरकारले राजपत्रमा प्रकाशित गरेर लखन थापादेखि जनयुद्धसम्मका शहीदलाई राष्ट्रिय शहीदको सूचीमा समावेश गर्ने काम छिट्टै गरिने प्रतिबद्धता जनाउनुभयो । ‘लखन थापादेखि जनयुद्धसम्मका शहीदलाई राष्ट्रिय शहीदघोषणा गरिन्छ’, मन्त्री पुनले भन्नुभयो, ‘यो सरकारले त्यो काम गर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।