चार बालिकालाई यौन हिंसा गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

 साउन ७, २०७५ सोमबार १७:५७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – विद्यालयमा अध्ययनरत बालबालिकालाई अप्राकृतिक यौन अपराध गरेको आरोपमा एक प्रधानाध्याक पक्राउ परेका छन् ।

पर्वतको फलेवास नगरपालिका–६, देवीस्थानमा सञ्चालित माझीगाउँ आधरभूत विद्यालयका प्रधानाध्यापक खिमप्रसाद शर्मालाई प्रहरी चौकी देवीस्थानले आइतबार गिरफ्तार गरेको हो । 

५० वर्षका प्रधानाध्यापक खिमप्रसाद शर्माले विद्यालयमा पढाउने क्रममा ७ वर्षदेखि १२ वर्षसम्मका ४ बालिकालाई अप्राकृतिक यौन हिंसा गरेको आरोप लागेको छ । शिक्षक शर्माले करिब १ वर्षदेखि विद्यालयमा अध्ययनरत बालबालिकालाई यौनाङ्ग खेलाउन लगाउने, खेलाइदिने गरेको पीडित बालिकाहरुले प्रहरी र अभिभावक समक्ष बताएका छन् ।

छोरी टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि चिकित्सकले समेत फोबिया भएको बताएपछि छोरीलाई सोध्दा शिक्षकले हिंसा गर्दै आएको थाहा भएको अभिभावकले बताएका छन् ।

बालिकाहरुले अभिभावकसँग शिक्षकले हिंसा गरेको कुरा बताएपछि आइतबार विद्यालयमा अभिभावक, शिक्षक र विद्यार्थीसहित छलफल आयोजना गरिएको थियो । छलफलका क्रममा पीडित बालिकाहरु प्रधानाध्यापकले आफूहरुलाई गर्ने व्यवहार खुलस्त रुपमा बताएपछि अभिभावकहरुले प्रधानध्यापकलाई कालोमुसो र जुत्ताको माला लगाइदिएका थिए ।

कालोमोसो र जुत्ताको मालासहित देवीस्थान प्रहरी चौकी फलेवासले प्रधानध्यापकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्वतमा साउन ६ गते नै बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतले साउन ७ गते पीडित ४ जना बालिकाका अभिभावकको छुट्टाछुट्टै जाहेरी दर्ता गरी सोमबार नै पर्वत जिल्ला अदालतमा जबरजस्ती करणी र अप्राकृतिक यौन हिंसा सम्बन्धी मुद्धा दर्ता गराएको थियो ।

पर्वत जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको र पीडित बालिकाहरुसहित अभिभावकसँग घटना सम्बन्धी थप सोधपुछ र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी दिलिप घिमिरेले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया