चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाडौं –नेपालमा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल साइबर सेक्युरिटी समिट हुने भएको छ ।
‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने मूल नाराका साथ आउँदो बिहीबार र शुक्रबार काठमाडौंमा ग्लोबल साइबर सेक्युरिटी समिट आयोजना गर्न लागिएको हो ।
सम्मेलनमा साइबर कानुन, नीति र त्यसका सुरक्षाका विषयमा गहन छलफल हुने इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष चिरञ्जीवि अधिकारीले जानकारी दिनुभयो ।
साइबर अपराधको घटना बढिरहेका बेला नेपालमा त्यस्ता जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्न सम्मलेन आयोजना गर्न लागिएको सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
सम्मेलनमा साइबर सुरक्षाको बारेमा प्राविधिक, कानुनी तथा जनचेतनामूलक कार्यक्रमका बारेमा ठोस धारणा तय गर्ने दावी पनि गरिएको छ । विश्व प्रसिद्ध आइटी र नेटवर्किङ कम्पनी सिस्कोको मूल प्रायोजनमा आयोजना हुने २ दिने समिटमा सूचना प्रविधि क्षेत्रमा आवद्ध व्यवसायीहरु, सुरक्षा अधिकारीहरु र यस क्षेत्रका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।