इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद निरु देवी पालले सुदूरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिँदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एक दिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौती दिनुभयो ।
उहाँले भन्नुभयो, ‘डलर खेती गर्नेहरुले टाउको दुखाइ गर्नु स्वभाविक हो, तर अरुको टाउको दुखाइ हुन पर्नुको कारण मैले बुझ्नसकेकी छैन । त्यस्तो टाउको दुखाइ हुनुपर्ने दाजुभाइ हुनुुहन्छ भने कम्तिमा पनि एक दिन मात्रै बसेर देखाइदिनुहुन अनुरोध गर्दछु । सुुदूरपश्चिमेली कर्णालीका हरुले टाउको उठाइरहेका बेला किन यो विषय आएको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद पालका अनुसार गृहमन्त्रालयले सोमबारसम्म सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ भत्काइएको छ ।
केही अघि प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गर्नुभएको थियो ।
त्यसैगरी सांसद डिला संग्रौलाले नेपालका मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भए पनि कार्यान्वयन नहुन नसकेको भन्दै त्यसबारे यथार्थ जानकारी सदनलाई गराउन माग गर्नुभयो । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डाक्टर कृष्ण गिरीको योग्यताको विषयमा प्रश्न उठेको भन्दै सत्य तथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
दिलेन्द्र प्रसाद बडूले कोराेना भाइरसको महामारी रोकथामबारे नेपाल सरकारको योजना के छ? भनी प्रश्न गर्नुभयो । उहाँले चीनमा रहेका नेपालीको संख्या, अवस्था र उद्धारका लागि भइरहको प्रयास र सो रोगको भरपर्दो र सुरक्षित उपचारको व्यवस्था गर्नसक्ने तयारी के छ सो बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
दिव्यमणि राजभण्डारीले विश्वभर नै नकारात्मक रुपमा कोरना भाइरसका बारेमा नकारात्म सन्देश फैलिरहेको भन्दै नेपाल सरकारलाई साँचाे हिसाबले चीनलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
दुर्गा पौडेलले उखु किसानका लागि उखुको समर्थन मूल्य नै उपलब्ध गराउने र सरकारले दिएको अनुदानको रकम पुरै उनीहरुले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
देवप्रसाद तिमिल्सिनाले उखु किसानले उखु बेच्न नपाउने र बेचेपछि पनि पैसा नपाउने समस्या सदनमा पटक पटक उठाउँदा त्यसको सरकारले सुनुवाई नगरेको भन्दै त्यस तर्फ ध्यानाकर्षण गराउनुभयो ।
देवेन्द्रप्रसाद पौडेलले एनसेल कर लाभांश विवाद, हायात होटल, ललिता निवास, यति होल्डिङजस्ता प्रकरणहरु दिनहुँ मिडियामा छाउने गरेको भन्दै यी विषयमा छानबिन गरी सर्वसाधरणलाई यथार्थ जानकारी गराउन सरकारकोे ध्यानाकर्षण गराउनुभयो ।
नारायण प्रसाद खतिवडाले भ्रमण वर्ष मनाउँदै गर्दा काठमाण्डौसँग जोडिएको नुवाकोटसम्म पुग्ने पासाङ ल्हामू राजमार्ग र टोखा छहरे सडककोे अवस्था बिग्रेको भन्दै समयमै सडकसुधार र पुनर्निर्माणमा ध्यान दिनुको साथै टेण्डर भइसकेपछि निर्माण व्यवसायीले काम नगर्ने समस्याको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।