इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – राष्ट्रियसभाका सदस्यहरुले भ्रष्टाचार निवारणका लागि ऐन कानून मात्रै बनाएर नहुने भन्दै राजनीतिक नेतृत्वको छविमा सुधार ल्याउनुपर्ने सुझाव दिएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७६ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले सवल राजनीतिक नेतृत्व र नेतृत्वको नैतिक आचरणमा पनि सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
जितेन्द्र नारायण देवले दण्ड सजायको हकमा विगोलाई मात्रै आधार नबनाई भ्रष्ट्राचार गर्ने व्यक्तिको पदिय हैसियतलाई पनि सजायमा समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले प्रगतीशिल अनुपातमा कर्मचारीको तलब बढाउने, कर्मचारी र माफियाहरुलाई पार्टीको सदस्यता नदिने, र सार्वजनिक पदहरुलाई स्वच्छ बनाउन सकेमा भ्रष्टाचार अन्त्य हुने तर्क उहाँले गर्नुभयो ।
प्रधानमन्त्री, मन्त्रीहरु र सचिवहरुको पद स्वच्छ भएको दिन मुलुकमा भ्रष्टाचार अन्त्य हुने भन्दै उहाँले ती सार्वजनिक पदहरुलाई स्वच्छ बनाउनेतर्फ आवश्यक नियम र व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
रामप्रित पासवानले भ्रष्टाचारका कारण भन्दा पनि प्रवृत्तिलाई नियन्त्रण गर्ने किसिमले ऐन बनाउनुपर्ने बताउनुभयो । इमान्दार व्यक्ति निरुत्साहित हुने शैली समाजमा व्याप्त रहेको भन्दै त्यस तर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
रामनारायण विडारीले कर्मचारीको छोरा छोरी सरकारी स्कुलमा पढाउने सरकारी अस्पतालमा उपचार गराउने गरी कानुन बनाउन सक्यो भने भ्रष्टाचार अन्त्य हुने बताउनुभयो ।
ठगेन्द्र प्रकाश पुरीले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न ल्याएको विधेयकमा सरकारले स्वच्छता र निष्पक्षतालाई सम्बोधन गर्दै समाजमा अनुशासन कायम गर्नका लागि केही व्यवस्था थप र केही परिमार्जन गरी ल्याइएको बताउनुभयो ।
सैद्धान्तिक छलफलमा उठेका सवालको सरकारको तर्फबाट जवाफ दिँदै जनसंख्या र कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार सबै किसिमको भ्रष्टाचारको समूल अन्त्य गर्नेमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।