इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - पूर्वप्रधानमन्त्री तथा सघीय समाजवादी फोरम पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवासको जग्गा छानबिनमा अख्तियारको अनुसन्धान र मुद्दा दायरमा त्रुटि देखिएको टिप्पणी गर्नुभएकाे छ ।
सामाजिक सञ्जाल ट्विटरमा डाक्टर भट्टराईले अख्तियारको सक्रियता स्वागतयोग्य भए पनि प्रथम दृष्टिमा त्रुटि र अपूर्ण रहेको टिप्पणी गर्नुभएकाे हाे । दोषीलाई छोड्ने र निर्दोषलाई फसाउने हुन नहुने भन्दै भट्टराईले गतल गर्नेलाई सत्ताको छहारी र परिबन्दमा पर्ने फस्न नहुने भट्टराईको भनाइ छ ।
हिन्दू धर्मशास्त्रमा वर्णन गरिएजस्तो आफू पनि कालकुट विष पिएर शिवजी जस्तै निलकण्ठ बन्न तयार रहेको पनि भट्टराईले उल्लेख गर्नुभएकाे छ ।
देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य छ।तर प्रथमदृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ।हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ।मन्त्री दोषी तर प्रम निर्दोष देखिदा ..२ https://t.co/DQMjLullls
— Baburam Bhattarai (@brb1954) February 6, 2020
मैले पनि असहजता महसूस गरेको छु!सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु!तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्!वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस्!
— Baburam Bhattarai (@brb1954) February 6, 2020
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।