कोरियन वन र ओमानी रियालको भाउ बढ्दा कुवेती दिनार र मलेसियन रिंगिट घट्यो

 माघ २७, २०७६ सोमबार १०:२५:३७ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कोरियन वन र ओमानी रियालको भाउ केही बढेको छ । अमेरिकी डलरसहित साउदी र कतारी रियाल, दिहार्म र बहराइन दिनारको भाउ घटबढ भएको छैन । मलेसियन रिंगिट र कुवेती दिनारको भाउ भने सोमबार घटेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो डरलको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो पनि  खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा नै तोकिएको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा नै रहेको थियो । 

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर २९६ रुपैयाँ २२ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५१ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५३ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १९ पैसा तोकेको छ । हिजो खरिददर ३७४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३८ पैसा रहेको थियो । 

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो पनि खरिददर ३०२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८० पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया