वायुसेवा निगममा सुधारको विकल्प छैन, आवश्यक परे हस्तक्षेप हुन्छ : अध्यक्ष अधिकारी

 माघ २९, २०७६ बुधबार १४:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल वायुसेवा निगमको सञ्चालन समितिका अध्यक्ष केदारबहादुर अधिकारीले निगम सुधारको विकल्प नभएको बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवसमेत रहनुभएका अधिकारीले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्दै निगममा प्रशासनिक र व्यवस्थापकीय सुधार अत्यावश्यक रहेको बताउनुभयो ।

उहाँले निगम बुझेका कर्मचारीहरुले संस्थाको सुधारका लागि कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्नुपर्ने तर चित्तबुझ्दो नभए सरकारले हस्तक्षेप गरेर अघि बढ्ने पनि बताउनुभयो । 

सञ्चालक समितिका अध्यक्ष अधिकारीले व्यवस्थापन सामुहिक प्रयासमा अघि बढनुपर्ने उल्लेख गर्दै विश्वका कतिपय विमान कम्पनी व्यवस्थापन फितलो हुँदा घाटामा गइरहेका वा धराशायी भएको बताउँदै त्यसबाट सिकेर संस्थालाई अगाडि बढाउनुपर्ने र  निगम व्यवस्थापन चुस्त दुरुस्त बनाउनु पर्ने सल्लाह दिनुभयो ।  

‘नेपाल वायुसेवा निगममा सरकारको लगानी भएकोले यसको हेरविचार पनि सरकारले नै गरिरहेको छ, तापनि भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धिपूर्ण ठानिएमा त्यसतर्फ सोच्न सकिन्छ’, अधिकारीले भन्नुभयो । निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्ष पाएकोले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभयो । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया