चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
बेलायतका ७ सयभन्दा धेरै ठाउँमा बाढी आउन सक्ने उच्च जोखिम रहेको बीबीसीले जनाएको छ ।
ठूलो वर्षा र तीब्र हावाहुरीका कारण नदीमा पानीको वहाव बढ्न थालेपछि बेलायतभरका ७ सय ठाउँमा बाढीको उच्च जोखिम रहेको संकेत स्वरुप रातो बत्ति बालिएको हो । १ सय ४६ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्नुका साथै वेल्समा १ सय ४२ मिलिमिटर पानी परेकोले खतरनाक बाढीको चेतावनी दिइएको खबरमा उल्लेख छ ।
साउथ वेल्स र हेमजोरमा केही मानिसलाई नदीले बगाएको हुन सक्ने भएकाले खोजी भैरहेको र बाढीमा फसेकालाई उद्धार भैरहेको खबरमा उल्लेख छ । सन् २०१५ को डिसेम्बर २६ पछि पहिलोपटक बेलायतमा बाढीको उच्चस्तरको चेतावनी दिइएको हो ।
यस्तो चेतावनीले मानिसलाई खतरनाक मौसमबाट जोगिन र सकेसम्म यात्रा नगर्न सुझाव दिन्छ । वेल्स, स्कटल्यान्ड र इङ्गल्यान्डमा केही रेल सेवा र बिमानस्थल बन्द गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।