च्याम्पियन्स ट्रफी : पाकिस्तानसँगको खेलको पूर्वसन्ध्यामा न्युजिल्या...
फागुन ६, २०८१ मंगलबार
कोभिड १९ (कोरोना भाइरस)को कारण ज्यान गुमाउनेको संख्या १७ सय ६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप एक सय जनाको ज्यान गएसँगै चीनमा १७ सय ६५ र चीन बाहिरका चार देशमा एक÷एक जना गरी १७ सय ६९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । गएको २४ घण्टामा कोभिड १९ का २ हजार ४८ नयाँ बिरामी भेटिएका छन् ।
योसँगै चीनमा संक्रमितको संख्या ७० हजार ९ सय ८८ पुगेको छ । कोरोना सुरु भएको हुवेईमा मात्र १६९२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । पछिल्ला दिनमा कोरोनाका कारण ज्यान गुमाउने र नयाँ संक्रमण हुने दर भने घटिरहेको छ ।
यसैबीच ४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जापानमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूजबाट उद्धार गरिएका ४ सय अमेरिकीमध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई जापानमै राखेर उपचार सुरु भएको छ । बाँकी ३ सय ६० जना अमेरिकी भने स्वदेश फर्किरहेका छन ।
योसँगै पानीजहाजमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सँख्या ३ सय ५५ पुगेको छ । ३ हजार ७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेबु्रअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।