आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना भाइरस फैलिएको आशङ्का गरिएको छ ।
वैज्ञानिकले कोरोना भाइरस पहिलो पटक कसरी सङ्क्रमित भएर मानिसमा आयो भन्ने ठ्याक्कै ठम्याउन सकेका छैनन् तर चमेरोबाट कोरोना भाइरसको उत्पत्ति भएको हुन सक्ने प्रमाण भेटिएको बताएका छन् ।
यी चमेराले अरु पशुपंक्षीलाई सङ्क्रमित गरेको र त्यसबाट मानिसमा सङ्क्रमण भएको हुन सक्ने वैज्ञनिकले बताएका छन् । कोरोना भाइरसको उत्पत्ति भएको चीनको वुहान शहरकाे बजारबाट सङ्कलित ३३ वटा मासुको नमुना परीक्षणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन् ।
यीमध्ये ३१ जना वन्यजन्तुकै कारोबार हुने केन्द्र वरपर भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसका कारण चीन र चीनबाहिर गरी अहिलेसम्म एक हजार सात सय ७६ जनाको ज्यान गएको छ भने ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।