चीनमा मुस्लिम समुदायमाथि दमन : दाह्री पालेको, नकाब लगाएको र इन्टरनेट चलाएको आरोपमा सयौँ थुनामा

 फागुन ६, २०७६ मंगलबार १२:६:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनमा अल्पसङ्ख्य उइगर मुस्लिम समुदायमाथि दमन हुने गरेको समाचार सार्वजनिक भएको छ ।

बीबीसीले सार्वजनिक गरेको एक सय सय ३७ पृष्ठको दस्तावेजमा मुस्लिम समुदायका नागरिकलाई दाह्री पालेको, नकाब लगाएको तथा इन्टरनेट चलाएको आधारमा समेत थुनिएको दाबी गरिएको छ । 

दस्तावेजमा एक ३८ वर्षीया महिलालाई केही वर्षअघि नकाब लगाएको कारण मुद्दा चलाएर पुनर्शिक्षण शिविरमा पठाइएको र २८ वर्षीय पुरुषलाई एउटा वेबलिङ्कमा क्लिक गरे बापत थुनिएको उल्लेख गरिएको छ । त्यसरी थुनिएका मानिसहरु सबैजसो मुस्लिम रहेका पनि बीबीसीले जनाएको छ । 

भविष्य निर्धारण गरिने भन्दै हजारौँ मुस्लिमलाई शिविरमा राखिएको बताइएकाे छ । साथै सिन्जियाङका तीन हजारभन्दा बढी व्यक्तिका सूचीकृत विवरणमा दैनिक जीवनका अति व्यक्तिगत कुराहरू समेत समेटिएको दस्तावेज प्राप्त गरेको बीबीसीले जनाएको छ । 

दस्तावेजमा मानिसहरूले गर्ने प्रार्थना, लगाउने लुगा, उनीहरुले गर्ने भेटघाट र परिवारका सदस्यले गर्ने व्यवहारसम्मका विवरण समेटिएका छन् । आतङ्कवाद र धार्मिक अतिवादसँग लडिरहेको भन्दै चीनले कुनै गलत काम नगरेको बताउने गरेको छ । 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया