खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवा...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपाली काङ्ग्रेस लगायतका दलले सूचना तथा सञ्चार प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा भएको कमिसनको मोलमोलाइबारे तत्काल छानबिन थाल्न माग गरेका छन् ।
सेक्युरिटी प्रेस खरिदका लागि स्वीजरल्याण्डको एक कम्पनीका प्रतिनिधि विजयप्रकाश मिश्रसँग कमिसनको मोलमोलाइ गरेको सम्बन्धी अडियो रेकर्डसहितका खबर सार्वजनिक भएपछि काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर यस बारेमा तत्काल छानबिन अघि बढाउन र मन्त्री बाँस्कोटलाई बर्खास्त गर्न माग गर्नुभएको हो ।
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 20, 2020
इन्तु,परन्तु,किन्तुको को अर्थ छैन l न दायाँ न बायाँ सिधा बर्खास्त गर्नोस् @PM_Nepal बांकी छलफल अनुसन्धानको प्रक्रियामा ! pic.twitter.com/JHCrduoEos
यस्तै पूर्व प्रधानमन्त्री तथा सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पनि घटनाबारे छानबिन गर्न माग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरेर अरुको आङको जुम्रा हेर्नुभन्दा आफ्नै आङको भैसी हेर्ने हो कि प्रमज्यू ? भन्दै कारबाही गर्न माग गर्नुभएको छ ।
— Baburam Bhattarai (@brb1954) February 20, 2020
यस्तै राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष कमल थापाले पनि मन्त्री बाँस्कोटालाई बर्खास्त गरेर छानबिन गर्न माग गर्नुभएको छ ।
— Kamal Thapa (@KTnepal) February 20, 2020
स्वीजरल्याण्डको कम्पनीका नेपाल प्रतिनिधि विजयप्रकाश मिश्र र मन्त्री बाँस्कोटाबीच सेक्युरिटी प्रेस खरिदका लागि कमिसन बाँडफाँडका बारेमा कुराकानी भएको अडियो रेकर्डसहितको खबर सावर्जनिक भएको हो । अडियोमा २५ अर्ब रुपैयाँमा सेक्युरिटी प्रेस खरिदको सम्झौता गरे ७४ करोड रुपैयाँसम्म कमिसन आउने र त्यसको ७० प्रतिशत मन्त्री बाँस्कोटा लगायतलाई र ३० प्रतिशत आफूले राख्ने प्रस्ताव गरेका छन् ।
मिश्रले कमिसनको रकम एकदमै पारदर्शी हुने दाबी गर्दै आउट अफ ट्रयाक जाने कि उनीहरुले भनेअनुसार गर्ने भनेर मन्त्रीलाई सोधेका छन् । मन्त्री बाँस्कोटाले अघिल्लो कम्पनीले सेक्युरिटी प्रेस खरिदका लागि ३५ अर्ब लाग्ने विवरण पेस गरेकोमा स्वीस कम्पनीले २७ अर्ब लाग्ने बताए त्यसलाई बताएर २८ अर्ब बनाउन सकिने पनि बताएका छन् ।
अडियोमा मिश्रले कर्मचारीलाई चाहिँ कमिसनका लागि के गर्ने भन्ने प्रश्नमा मन्त्री बाँस्कोटाले आपत्तिजनक शब्दसहित कर्मचारीसँग आफूले यस्तो कुरा गर्दा आफूलाई हेप्ने बताएपछि मिश्रले त्यो कुरा आफै बताउने उल्लेख गरिएको छ । यस बारेमा प्रतिक्रियाका लागि फोन गर्दा मन्त्री बाँस्कोटाको फोन उठेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।