नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसले बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने, घटनाको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने र प्रधानमन्त्रीले संसदमा यसको जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको हो ।
नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र नारायण देवले बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अघि बढाउनुपर्ने माग राख्दै प्रधानमन्त्रीले यो विषयमा संसदमा जानकारी गराउनुपर्छ भन्नुभयो ।
कांग्रेसले बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अघि नबढाउँसम्म सदन चल्न नदिने बताएकाे थियाे । लगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्टसँग गरेको अडियाे कुराकानी सार्वजनिक भएको छ । त्याे अडियाेमा मन्त्री बाँस्कोटाले आफूले पाउने कमिसनको विषयमा कुराकानी गरेकाे सुन्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।