पारस खड्का नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डर

 फागुन १३, २०७६ मंगलबार १९:२४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई ब्रान्ड एम्बेस्डर बनाएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र खड्काले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। प्रबन्ध निर्देशक अधिकारीले टी-२० मा शतका बनाउने कप्तानकाे विश्व कीर्तिमान राखेका खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने बताउनुभयो । 

नेपाल प्रहरीको फुटबल टिमलाई प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखेकाे उहाँले बताउनु भयो । खड्काले देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आवद्ध हुन पाएकोमा गौरव लागेकाे बताउनुभयाे । 

यस सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमले प्रदान गरेकाे सेवा र ब्रान्डको प्रभावकारी प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । हाल एक वर्षको लागि गरिएको सम्झौता अन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्रान्ड प्रवर्द्धनका विविध क्रियाकलापहरुमा सहभागी हुनेछन् । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया