चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - टाटा मोटर्सकाे नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टाटा स्कुल बसको नयाँ उपभोक्ता योजना ल्याएको छ ।
यस योजना अन्तर्गत टाटा ब्राण्डका स्कूल बसको खरिदमा एक लाख नगद छुटसहित साेनीकाे ५५ इञ्च एलईडी टिभी/सामसङकाेकाे नाेट १०/म्याकबुक एअर ल्यापटप /क्याननकाे प्राेजेक्टर/थ्री इन वन प्रिण्टरमध्ये कुनै एक उपहारस्वरुप प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
यस योजनाले ग्राहकहरुकाे बदलिँदाे इच्छा र अकांक्षालाई पूरा गरी टाटा स्कुल बसकाे नेपाली बजारमा आफ्नो छुट्टै छवि कायम गर्न सहयोग पुग्ने कम्पनीले विश्वास लिएकाे छ ।
टाटाका यी बसहरु विद्यार्थीहरुको सुरक्षा, सुविधा र आरामलाई ध्यानमा राखेर नेपाल सरकारद्वारा प्रतिपादित विद्यालय बस सम्बन्धी सुरक्षाका नियम र मापदण्डको पूर्ण पालना गरी बनाइएकाे कम्पनीकाे दावी छ। एसी भएका र नभएका गरी यी बसहरु १४, १८, २०, २६, ३६, ४०, ४६, ५० र ५५ सिट क्षमताका विभिन्न मोडलहरुमा उपलब्ध गराइएकाे छ।
उच्च प्राविधिक विशेषता सम्पन्न यी बसहरु धेरै समय टिक्ने र यिनीहरुकाे पुन: बिक्री मूल्य पनि राम्राे आउने कम्पनीकाे दावी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bhim Prasad Rai
Aug. 30, 2023, 11:20 a.m.४६ सिट क्षमता भएको बसको हालको मूल्य कति पर्न आउँछ कृपया बताइदिनुहोला हामिलाइ तत्काल चाहिएको छ।बिस्तृत बिबरण मेल गरिदिनुहोला।