महिला टी–२० राष्ट्रिय क्रिकेटमा एपीएफले सुदूरपश्चिमलाई हरायो
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर यात्रा गर्ने सबै यात्रुको स्वास्थ्य जाँच हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आइतबार मन्त्रालयमा आफू मातहतका निकायका प्रमुखलाई बोलाएर कोरोनाको रोकथामका लागि विमानस्थलमा सबै यात्रुको स्वास्थ्य जाँच लगायतका काम गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री भट्टराईको संयोजकत्वमा आइतबार मन्त्रालयमा बसेको बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै यात्रुको स्वास्थ्य जाँच गर्ने निर्णय गरेकाे हाे ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्णको संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा.हेमन्त चन्द्र ओझा, अध्यागमन कार्यालयबाट निर्देशक राजेश पन्थी, एअर लाइन्स अपरेटर कमिटीबाट शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
कार्यदलले स्वास्थ्य परीक्षणका लागि थप स्थान र उपकरण समेतको आवश्यकता पहिचान गरी आजै तयारी गर्ने/गराउने जिम्मा पाएको छ ।
यस्तै सडक मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको स्वास्थ्य जाँच र आवश्यक पूर्वाधारको प्रबन्धका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अध्यागमन विभागसँगको समन्वयमा आवश्यक व्यवस्था गर्न मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न रोकथामको क्रममा विभिन्न देशले अवलम्बन गरेको उडानसम्बन्धी रणनीतिको अध्ययन र विज्ञसँग समेतको छलफलको आधारमा नेपालले उडान रोक्नु पर्ने वा नपर्ने सम्बन्धमा दुई दिनभित्र संक्षिप्त प्रतिवेदन पेश गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट मार्च महिनामा स्वदेश तथा विदेशमा गर्ने प्रचारप्रसारका कार्यक्रमहरु हाललाई स्थगन गर्ने तथा मार्च तेस्रो हप्तामा यसको समीक्षा गरी पेश गर्न सचिवालयलाई बैठकले निर्देशन दिएको छ ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि वैकल्पिक रणनीति तय गर्न नेपाल पर्यटन बोर्डमा क्रियाशील समूहले देशगत सूचनाहरु अध्यावधिक राखेर आवश्यक आन्तरिक तयारी गर्ने तयारी गरेकाे छ ।
नेपाल वायुसेवा निगमबाट जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलमा हुन लागेको उडानकाे सुरुवातमा दुवै देशमा कुनै औपचारिक कार्यक्रम आयोजना नगर्ने बैठकले निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bikram
March 1, 2020, 6:01 p.m.हा हा , यो गर्यो ...त्यो गर्यो भनेर भनम न हो ....नगरे कारवाही गरम , मिति नै तोकौं ...निकम्मा हो , अनि पो यो गर्यो त्यो गर्यो हुन्छ कुरा मात्र ...हावाहरु /