एन्फा महिला लिग फुटबल : पुलिस र बागमतीको खेल बराबरीमा
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रघुजी पन्तले पार्टीभित्रको अन्तरविरोधले मतदाताहरु दुःखी भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा आइतबार भएको साक्षात्कारमा पन्तले सरकार र पार्टीबाट समृद्धि र सुशासनको अपेक्षा गरिरहेका मतदाताहरु दुःखी भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘अहिले नेकपाको जे भइरहेको छ त्यो दुःखद हो । त्यसले नेकपालाई भोट हाल्ने मतदाता र अहिलेको सरकार र नेकपाबाट परिवर्तन, समृद्धि र सुशासनको अपेक्षा गरिरहेका नेपाली जनता, पार्टी कार्यकर्तालाई दुःखी बनाएको छ ।’
उहाँले प्रधानमन्त्री स्वास्थ्यलाभ गरेर फर्किपछि सबै समस्याहरुको समाधान हुने विश्वास पनि व्यक्त गर्नुभयो । शीर्ष नेतृत्वले आत्मचिन्तन गरेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पन्तले बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णय लोकतान्त्रिक नभएको बताउनुभएको छ । निर्वाचनमा पराजित भएको २ वर्ष नपुग्दै राष्ट्रियसभामा लैजाने कुरा लोकतान्त्रिक दृष्टिकोणले उपयुक्त नभएको उहाँले बताउनुभयो ।
उहाँले संविधान संशोधनको कुरा गलत समयमा गलत एजेण्डाका लागि पार्टीले बहसमा ल्याएको बताउनुभयो । संविधान संशोधनको बहस र विवाद बाहिर आए पनि अहिले पार्टीको एजेण्डाबाट हटिसकेको उहाँले बताउनुभयो ।
‘कुनै पनि राजनीतिक दलले ठिक एजेण्डा, ठिक समयमा, ठिक ढंगले अगाडि सार्नुपर्थ्याे त्यो संविधान संशोधनको एजेडा बेठिक समयमा, बेठिक ढंगले बेठिक कुरालाई लिएर सारिएको थियो । त्यसैले यो अहिले जनता र पार्टीको आवश्यकता थिएन ।’
संविधान कार्यान्वयनको चरणमा रहेकाले अझै ८, १० वर्षसम्म संशोधनको एजेण्डा नेकपाले संसदमा लान नहुने उहाँको धारणा थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।