इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
धनुषा - प्रदेश २ सरकारले स्वामित्व हस्तान्तरणका लागि फेरि संघीय सरकारविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको छ ।
प्रदेश २ ले विरगञ्ज चिनी मीलको जग्गाको स्वामित्वका लागि संघीय सरकार विरुद्ध मुद्दा हाल्ने भएकाे हाे । शुक्रबार बसेकाे मन्त्रिपरिषद्को बैठकले संघीय सरकारले मिलको जग्गा कब्जा गर्न खोजेको भन्दै आफ्नो स्वामित्वमा ल्याउन सर्वोच्च अदालतमा मुद्दा हाल्ने निर्णय गरेको हो । यसअघि प्रदेश २ ले सागरनाथ वन परियोजनाको स्वामित्वका लागि संघीय सरकारविरुद्ध मुद्दा हालेकाे थियाे ।
अन्य सार्वजनिक जग्गालाई पनि प्रदेशको मातहतमा ल्याउन संघीय सरकारलाई आग्रह गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।
संविधानले सार्वजनिक जग्गा प्रदेश मातहत हुने ग्यारेन्टी गरे पनि संघीय सरकार चासो नलिएपछि मन्त्रीपरिषदबाटै निर्णय गरी जग्गा प्राप्तिको पहल थालिएको उहाँले बताउनुभयाे ।
रौतटहको गौरमा राइस मिलको जग्गाको स्वामित्व प्रदेश सरकारकाे मातहतमा ल्याउने प्रक्रिया अघि बढाउन कानूनमन्त्री यादवको नेतृत्वमा एक कार्यदल गठन गरिएको छ । कृषिसँग सम्बन्धित महत्वपूर्ण कार्यालयहरु संघीय सरकारले आफ्नै मातहत राखेकाे भन्दै प्रदेशकाे २काे मातहतमा ल्याउन पहल थालिएकाे छ ।
मत्स्य विकास केन्द्र, नक्टाझिज कृषि फर्म, नवलपुर कृषि फर्म जस्ता महत्वपूर्ण कार्यालयहरु अझैपनि संघीय सरकारले आफ्नै मातहतमा राखेको प्रदेश सरकारको आराेप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।