प्रम ओलीको दुई वर्षे कार्यकाल देशका लागि दुभाग्यपूर्ण : डा. भट्टराई

 फागुन २३, २०७६ शुक्रबार १७:५३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षे कार्यकाल देशका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्नु भएकाे छ । 

पार्टीको काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन घोषणा कार्यक्रममा डा. भट्टराईले उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै बितेको दुई वर्षमा जनताले केही पनि नपाएको बताउनुभयो ।

दुई तिहाइको बहुमत प्राप्त सरकारले सामाजिक, राजनीतिक र विकास परिवर्तनको क्षेत्रमा छलाङ मार्नेगरी काम गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो । 

भ्रष्टाचार नियन्त्रण र सुशासनको लगायतका क्षेत्रमा सरकारले गर्नसक्ने काम समेत नगरेको उल्लेख गर्दै भट्टराईले गर्न नहुने कामहरु भ्रष्टाचार, नातावाद कृपावाद र आपसी झैँ-झगडाका कामहरु गरेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकारको भविष्य समेत सकिएको टिप्पणी गर्नुभयो ।

सत्तारुढ दलभित्र भागबण्डाको लडाईँ सुरु भएको उल्लेख गर्दै भट्टराईले अर्को निर्वाचनमा देश नयाँ ध्रुविकरणसम्म जाने भएकाले त्यसको तयारीमा लाग्न जिल्ला कमिटीहरुलाई निर्देशन समेत दिनुभयो ।

समाजवादी पार्टीलाई देशको विकल्पका रुपमा अगाडि बढाउन नसकेपनि परिवर्तनको प्रकृया नरोकिने र अर्को कुनै शक्ति आएर यसलाई अगाडि बढाउने उहाँले बताउनुभयो ।

शुक्रबार तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालका काठमाण्डौ , ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन गरिएको छ । 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया