बीआरआई अघि बढाउने विषयमा सत्तारुढ कांग्रेस र एमालेबीच सहमति
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ ।
आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पहिलाे पटक फाइनल खेलेकाे भारतलाई अस्ट्रेलियाले ८५ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको सम्मानजनक योगफल बनायो । अस्ट्रेलियाका लागि एलिसा हिलेले ३९ बलमा ७५ रनको विस्फोटक पारी खेलिन् । उनी महिला टी–२० मा अस्ट्रेलियाका लागि दुई हजार रन बनाउन पनि सफल भइन् ।
त्यस्तै बेथ मुनीले अविजित ७८ रन बनाइन् । बलिङतर्फ भारतका लागि दिप्ती शर्माले दुई तथा पुनम यादवले एक विकेट लिइन् ।
एक सय ८५ रनको लक्ष्य पाएर ब्याटिङ गर्न उत्रिएको भारतीय महिला टिम ९९ रनमै अलआउट भयो । भारतका लागि दिप्ती शर्माले सर्वाधिक ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।
बलिङतर्फ अस्ट्रेलियाका लागि मेगन शुटले चार विकेट लिइन् भने जेस जोनासेनले तीन विकेट लिइन् ।
अस्ट्रेलियाली महिला टिमले पाचौँ पटक टी–२० विश्वकपको उपाधि जितेको हो । अस्ट्रेलियाले यसअघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकपकाे उपाधि जितेकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।