माल्टा र कुवेत पठाइदिन्छु भन्दै अढाइ कराेड ठगी गर्ने पक्राउ

 फागुन २५, २०७६ आइतबार १९:३:५४ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डाैकाे टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै दुई करोड ५० लाख रुपैयाँ ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई शुक्रबार नेपालगञ्जबाट पक्राउ गरी आइतबार काठमाण्डाैमा सार्वजनिक गरेको हो । 

परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले राम्रो कमाइ हुने प्रलोभन पारेर माल्टा र कुवेत पठाउने भनि ठगी गर्ने श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 'पक्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति रु १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति ६ लाख लाग्छ भनl ठगी गरेको अनुसन्धानमा खुलेको छ', प्रवक्ता बोगटीले भन्नुभयो ।

श्रेष्ठले माल्टा जानेसँग ६/६ लाख रुपैयाँ तथा कुवेत जानेसँग ३/३ लाख रुपैयाँ उठाइसकेको प्रहरीले जनाएको छ । 

माल्टामा प्रतिमहिना एक हजार दुई सय युरो र कुवेतमा प्रतिमहिना दुई हजार दुई सय दिनार कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए । प्रहरीले पक्राउ परेका श्रेष्ठसँग विदेश पठाउन प्रयोग गरिने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको जनाएको छ ।  

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tapendra

    March 8, 2020, 9:08 p.m.

    यो चोर नै हो म यस्लाइ राम्रो सङ चिन्छु यस्ता लाई आजिबन जेल को सजाए हुनु पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया