बंगलादेशलाई वेष्ट इन्डिजले ३ रनले हरायो

 साउन १०, २०७५ बिहीबार १३:२७:३९ | एजेन्सी
unn.prixa.net

बंगलादेशविरुद्धको दोसो एक दिवसीय क्रिकेट वेष्टइन्डिजले ३ रनले जितेको छ । यो जितसँगै घरेलु टोलीले ३ वटा एक दिवसीय क्रिकेट श्रृंखलामा १–१ को बराबरी पनि गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेष्टइन्डिजले ४९.३ ओभरमा अल आउट हुँदै २७१ रन बनाएको थियो । वेष्टइन्डिजका लागि शिमरोन हटमायरले शतकीय पारी खेल्दै १२५ रन बनाएका थिए । रन आउट हुनुभन्दा पहिला हटमायरले ९३ बल खेल्दै ७ छक्का तथा ३ चौका प्रहार गरे । रोभमन पावलले ४४ रन बनाउँदा क्रिस गेल २९ रनमा पेभेलियन फर्किएका थिए ।

बंगलादेशका लागि रुबेल हुसेनले ३ तथा शकिब अल हसन र मुस्तफिजुर रहमानले दुई–दुई विकेट लिएका थिए ।

२७२ रनको लक्ष्य लिएर मैदान आएको बंगलादेशले ६ विकेट गुमाएर २६८ रन मात्रै बनाउन सक्यो । पहिलो विकेट ३२ रनमा गुमाएको बंगलादेशले दोस्रो विकेटका लागि शकिब अल हुसेन र तमिम इकबालले राम्रो साझोदारी गरेका थिए ।

बंगलादेशका लागि मुिस्फकर रहिमले सर्वाधिक ६४ रन बनाए । ४९.१ ओभरमा रहिम आउट भएपछि खेलको नतिजा वेष्टइन्डिज तर्फ गएको हो ।
शकिब अल हसनले ५६ रन बनाउँदा तमिम इकबालले ५४ रनको योगदान गरेका थिए ।

तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट अब पर्सी हुने छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया