एनसेल र केयुको सहकार्यमा एमआइटीको इनोभेटिभ बुटक्याम्प

 साउन १०, २०७५ बिहीबार १४:३६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाडौं - काठमाडौं विश्वविद्यालयका ३५ विद्यार्थीले एमआईटी जिएसएल कार्यक्रमको शुरुवातमा सञ्चालित एकहप्ते आवासीय बुटक्याम्प सम्पन्न गरेका छन् ।

बुटक्याम्प पछि अहिले उनीहरु व्यवसायको अवधारणा र प्रोटोटाइप निर्माणमा काम गर्दै  बजार परीक्षण गर्ने कौशल विकास गरिरहेका छन् । 

एमआइटी जिएसएल कार्यक्रम एनसेलको सामाजिक उत्तरदायित्व पहल अन्तर्गत नेपाली प्रतिभाशाली युवाहरुमा प्रविधिमा आधारित उद्यमशीलताको प्रवद्र्धन गर्न एनसेल, एमआईटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा नेपालमापहिलो पटक भइरहेको हो ।

अमेरिकी विश्वविद्यालय म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलाजी (एमआइटी) ले संचालन गरिरहेको एमआईटी ग्लोबल स्टार्ट अपल्याब्स् (जिएसएल) मा सहभागी विद्यार्थीहरुले स्वास्थ्य, शिक्षा, पर्यटन, यातायात व्यवस्थापन र युटिलिटिज् लगायतका क्षेत्रलाई सम्बोधन गर्ने गरी विभिन्न विशिष्ट स्टार्टअप आइडियामा काम गरिरहेका छन् । 


 
इनोभेटिभ बुटक्यापको अवधारणा अन्र्तगत संचालित यस कार्यक्रममा विद्यार्थीहरुले स्टार्टअप सृजना गर्दा ख्याल राख्नुपर्ने विभिन्न चरणहरुका बारेमा ज्ञान हासिल गरिरहेका छन् । 

साथै उद्यमी बन्नका लागि आवश्यक काैशल तथा आफ्नो नवीन सोचलाई व्यावसायिक अवधारणामा रुपान्तरण गर्नेदेखि त्यसलाई परिस्कृत गर्दै प्रविधिमा आधारित स्टार्टअप संचालन गर्ने सम्मको कौशल पनि विकास गरिरहेका छन् ।
 
प्रविधि र उद्यमशीलता सम्बन्धि वहु–विषयक पाठ्यक्रम र सधै‌ं आफ्नो सपनामा प्रतिवद्ध रहीे ‘कामगर्दै सिक्ने’ एमआइटीको शैली नेपालमा भित्राउने लक्ष्य लिएर एमआईटीका चार प्रशिक्षकहरु सिसम भण्डारी, हेम नारायण दास चौधरी, सुरेश राजन र ज्याकी सुले सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिइरहेका छन् ।  
 
विद्यार्थीहरुलाई उनीहरुको स्टार्टअप आइडिया विकासमा सहयोग गर्न, उपयोगी डिजिटल डेमोहरु बनाउन, प्रविधिमा आधारित व्यवसायका सम्भावना देखाउन र एक उद्यमी बन्नु भनेको के हो भन्ने कुराहरु सिकाउन पाठ्यक्रममा वेब डिभलपमेन्ट, युजर इन्टरफेस डिजाइन, मार्केट रिसर्च, टिम डेभलपमेन्ट, बिजनेश मोडल एक्जिक्युसन, पब्लिक स्पिकिङ् र आइडिया पिचिङ् लगायतका विषयहरु समावेश गरिएका छन् ।
 
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया