पाकिस्तानको फैसलाले सलमान खानलाई झट्का !

 जेठ ११, २०७५ शुक्रबार १६:३६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ११ – बलिउडको बहुप्रतिक्षित चलचित्र ‘रेस ३’ आउँदो ईदको अवसरमा रिलिज हुँदैछ । 

यसैबीच पाकिस्तान सरकारले ईदको मौकामा घरेलु चलचित्रको प्रवद्र्धन गर्न बाहिरी चलचित्रलाई रोक लगाउने भएको छ । पाकिस्तानको सूचना तथा सञ्चार मन्त्रालय तथा सेन्ट्रल बोर्ड अफ् फिल्म सेन्सर्सले ईदको अवसरमा कुनै पनि हिन्दी फिल्म रिलिज नर्गन आदेश दिएको छ । 

पाकिस्तानी सरकारको तर्फबाट आएको आदेशमा लेखिएको छ, ‘स्थानीय चलचित्र उद्योगलाई प्रवद्र्धन तथा पुनरुत्थान गर्न संघीय सरकारले ईद–उल–फितर तथा ईद–उल–अजहा’ को मौकामा भारतीय चलचित्र रिलिज गरिने छैन । यो प्रतिबन्ध ईदभन्दा दुई दिन अगाडिदेखि ईदको दुई हप्तापछि सम्म लागू हुनेछ ।’ पाकिस्तानी सरकारको यो फैसलाले सलमान खानको फिल्ममा पनि असर पर्नेछ । 

 

यो फैसलाले बलिउड उद्योग खासगरी सलमान खानलाई झट्का लाग्नेछ । पाकिस्तान बलिउड बजारको ठूलो हिस्सा हो । सलमान खान अभिनित चलचित्र ‘रेस ३’ ईदको अवसरमा रिलिज हुने भएकाले यसले पाकिस्तानबाट केही आम्दानी नगर्ने सम्भावना रहेको छ । ‘रेस ३’ पाकिस्तानमा पनि रिलिज हुने तयारीमा थियो । सलमानको ‘बजरंगी भाइजान’ ले पाकिस्तानमा पनि राम्रो व्यापार गरेको थियो ।

सलमान खानका अधिकांश फिल्म ईदको मौकामा रिलिज हुने गर्दछ । पाकिस्तानमा सलमानका धेरै फ्यान भएकाले पनि पाकिस्तानी सेन्सर बोर्डको फैसलाले उनलाई  झट्का लागेको छ ।

 

 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया