अमेरिकामा अर्को पानीजहाजमा पनि कोरोना सङ्क्रमण भेटियो

 चैत १५, २०७६ शनिबार ८:५३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाको अर्को एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ ।

योसँगै १ सय ९९ देश र दुई वटा पानी जहाजमा कोरोना सङ्क्रमित भेटिएका छन् । यसअघि जापानको योकोहामामा पुगेको अन्तराष्ट्रिय पानीजहाजमा कोरोना सङ्क्रमित भेटिएका थिए ।

अहिलेसम्म ५ लाख ९७ हजार १ य ८५ जना सङ्क्रमित भएका छन् । जसमध्ये १ लाख ३३ हजार ३ सय ६० जना उपचारपछि निको भएका छन् भने ४ लाख ३६ हजार ४ सय ६६ जनाको उपचार चलिरहेको छ । २७ हजार ३ सय ५९ जनाको ज्यान गएको छ । अमेरिकामा मात्रै एक लाख भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् ।

अमेरिकामा सङ्क्रमितको संख्या १ लाख ४ हजार १ सय ४२ जना पुगेको हो । अमेरिकामा मात्रै १ हजार ६ सय ९६ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै इटालीमा ९ हजार १ सय ३४ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: फागुन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया