एनपीएलको लागि टिकट मूल्य, तीन सयदेखि एक हजार रुपैयाँसम्म
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटलीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्यौलमा छन् ।
श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको सङ्क्रमण नदेखिए पनि इटलीको राष्ट्रिय सङ्कटकाल अन्तर्गत घरमै बसिरहँदा उनीहरुमा एक प्रकारको छटपटी छ ।
युरोपेली देश इटलीमा कोभिड–१९ को सङ्क्रणका कारण अहिलेसम्म ११ हजार ५९१ को दुःखद निधन भइसकेको छ भने उपचाररतमध्ये झण्डै ४०० गम्भीर अवस्थामा छन् ।
चीनबाट फैलिएको यो भाइरसका कारण हालसम्म विश्वमा ३७ हजारभन्दा बढीको ज्यान जाँदा इटलीपछि स्पेनमा सबैभन्दा बढी सात हजारभन्दा बढीको ज्यान गएको छ ।
वर्ल्ड ओमिटर्स डट इन्फोका अनुसार इटलीमा कुल एक लाख एक हजार ७२९ लाई सङ्क्रमण देखिएकामा इटलीमा सङ्क्रमितमध्ये १४ हजार ६२० जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ जनवरी २९ मा पहिलो सङ्क्रमित भेटिएका थिए । बाहिर आएको भन्दा अझ बढी तथ्याङ्कमा सङ्क्रमित हुन सक्ने पनि जनाइएको छ ।
इटलीमा सुरुमा १७ वर्षका एक नागरिकको निधन भएको थियो भने करीब छ हजारको सङ्ख्यामा स्वास्थ्यकर्मीकै ज्यान गइसकेकाले त्यहाँ जनताले ठूलो सङ्कट व्यहोरिरहेका छन् ।
इटलीको उत्तरी भागमा रहेको लोभागियामा सबैभन्दा बढी असर परेको छ, त्यहाँ पनि नेपाली रहेका छन् । इटलीको अनुभवमा नियमित व्यायाम र दैनिक काम गर्नेमा पनि कोरोनाको संक्रमण भएको छ । पहिला अन्य रोग लागेकालाई अन्य देशमा झैँ बढी असरमा पारेको छ ।
इटली सरकारले जरुरी काममा बाहेक त्यहाँको एक पालिकाबाट अर्को पालिकामा मानिसलाई जान रोक लगाइएको छ । ‘लकडाउन’ उलङ्घन गर्नेलाई ४०० देखि तीन हजार युरोसम्म कारबाही तोकेको छ । त्यहाँ गउको ४ मार्चदेखि राष्ट्रिय सङ्कट घोषणा गरिएको थियो । पछिल्ला दिनमा इटलीलाई सघाउन रुस र चीनबाट स्वास्थ्य टोली आएका छन् ।
स्थिति भयावह भए पनि इटलीको सरकारले भाइरसको महामारीसँग जुध्नबाट हात उठाएको भन्ने सत्य होइन । प्रधानमन्त्री ग्युसेप्पे कोन्तेले त्यहाँका संसद्मा बोल्दै सरकारले महामारी रोक्न चालेका कदम र भावी नीतिबारे अवगत गराउँदै आएका छन् ।
इटलीमा रोमसहित मिलान, पेनिस, आवोस्ता, तोरिनो, पिसा आदि शहरमा नेपाली रहेका छन् । इटलीको राजधानी रोमको एक स्टार होटलमा कार्यरत रामहरि खकुरेलले सबैतिर भइरसको समस्या हुँदा त्यहाँका होटेल व्यवसाय कहिले सञ्चालन हुने कुनै सुनिश्चितता नहुँदा नेपालीमा मानसिक तनाब पैदा भएको बताउनुयो ।
नुवाकोट घर भएका खकुरेलले भन्नुभयो, ‘यहाँको अवस्था नाजुक छ । पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि पूर्णतः घटेको मान्न सकिँदैन । इटलीको सम्पूर्ण भागमा भाइरस पुगेको छ । सबै भागमा सङ्कटकाल लगाएको छ । हामी नेपाली एकापसमा सम्पर्क र समन्वयमै रहेका छौँ ।’
गैरआवासीय नेपाली सङ्घ (एनआएनए)का इटाली शाखाका पूर्वसचिव खकुरेलले इटलीका जनतालाई सरह आफूहरुलाई पनि आवश्यक पर्दा स्वास्थ्य परीक्षण र उपचार गर्न सरकारले प्रतिबद्धता जनाएको बताउनुहुन्छ ।
त्यहाँका नागरिक कसैको पनि रोजीरोटी नगुमोस् भनेर आर्थिक सहायताको घोषणा गरेको तथा व्यवसाय र रोजगार बन्द हुने कम्पनी र व्यक्तिलाई सहायता दिने जानकारी दिनुभयो ।
एनआएरएन शाखाले दुई हजार दुई सय युरोको आपत्कालीन कोष बनाएर आर्थिक समस्यामा परेका नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ तर हालसम्म नेपाली आर्थिक सङ्कटमै भने परेका छैनन् ।
मिलान शहरमा कार्यरत आएका नेपाली आशा लामा अहिलेसम्म कुनै नेपालीलाई सङ्क्रमण नभए पनि आफूहरु त्रसित अवस्थामा रहेको जनाउनुभयो । नेपाली समुदायलाई कुनै समस्या परेको खण्डमा इटलीमा रहेको नेपाली दूतावासले पनि आवश्यक समन्वय गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।