विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपालमा सम्मानित
मंसिर ७, २०८१ शुक्रबार
खलङ्गा–जुम्लामा कोरोना सङ्क्रमित भनी आशङ्का गरिएका चार जना बिरामीको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको स्वाब सङ्कलन गरी काठमाण्डौ पठाइएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले चारै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ । प्रतिष्ठानका निर्देशक डा. मङ्गल रावलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको जानकारी दिनुभयो ।
प्रतिष्ठानले ३ दिनअगाडि जुम्लाबाट एम्बुलेन्समा नेपालगञ्ज हुँदै रिपोर्ट काठमाण्डौ पठाएको थियो । रिपोर्ट नेगेटिभ आएपछि जुम्ला सुरक्षित छ भन्ने आशा जगाएको छ ।
भारतबाट आएका जिल्लाको तातोपानीका एक जना र उनका छोरालाई ज्वरो आएपछि आइसोलेसनमा राखिएको थियो । अहिले जुम्लाका स्थानीय सरकारले भारत र तेस्रो मुलुकबाट आएका ७२ जनालाई क्वरेण्टीनमा राखेको स्थानीय प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्च स्तरको तयारी थालेको छ । प्रतिष्ठानका डाक्टर धिरज गुरुङको संयोजकत्वमा चिकित्सकको टोली खटाइनुका साथै प्रतिष्ठानका १ सय २० बेडलाई आइसोलेसन वार्ड बनाइएको छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीका तीन वटा अस्पताललाई आइसोलेसन सेन्टर बनाउने घोषणा गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।