सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
कुवेतमा एकजना नेपालीमा कारोना सङ्क्रमण भएको पुष्टि भएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले मार्च ३१ मा थपिएका २८ जना नयाँ कोरोना सङ्क्रमितमध्ये एकजना नेपाली नागरिक पनि रहेको जनाएको छ ।
सङ्क्रमितकाे अवस्था सामान्य रहेकाे दूतावासले जनाएकाे छ । कुवेतमा सङ्क्रमण बढ्दै गएको र नेपाली नागरिक पनि सङ्क्रमित भएपछि त्यहाँ रहेको नेपाली दूतावसले सावधानी र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कुवेतमा रहेका सम्पूर्ण नेपालीहरुलाई सरसफाईमा विशेष ध्यान दिन, साबुन पानीले पटकपटक हात धुन, मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, भिडभाडमा नजान आग्रह गरेको छ । यस्तै सामाजिक दूरी कायम गर्न, अत्यावश्यक कामबाहेक अन्य प्रयोजनको लागि घरबाट ननिस्कन र आफू सङ्क्रमित भएको आशंका लागेमा नजिकको अस्पतालमा गएर सम्पर्क राख्न अनुरोध गरेको छ ।
यस्तै कोरोना भाइरससम्बन्धी थप जानकारीको लागि कुवेतको स्वास्थ्यमन्त्रालयको सम्पर्क नम्बर २४९७०९६७ मा सम्पर्क गर्न सकिनेछ । यस्तै थप जानकारीको लागि नेपाली दूतावास कुवेतको सम्पर्क नम्बर २५३२१६०३ र २५३२१६०४ मा सम्पर्क गर्न सकिने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।
अहिलेसम्म कुवेतमा ३१७ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ८० जना निको भएर घर फर्किसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।