नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाण्डाै – जनस्वास्थ्यविद लगायतले कोरोना भाइरसको परीक्षणको दायरा बढाउनुपर्ने बताइरहे पनि सरकारले अझै परिक्षणको दायरा बढाउन सकेको छैन ।
काठमाण्डाैको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोरोना परीक्षण भैरहेकोमा गएको आइतबारदेखि धरान र मंगलबारदेखि पोखरामा विस्तार गरिए पनि परीक्षणको दायरा भने बढाउन सकिएको छैन ।
बुधबारसम्ममा १ हजार १ सय ४५ जनाको कोरोना परीक्षण गरिएको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डाै टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार १ सय ३३ र धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका १ हजार १ सय २८ जनामा कोरोना नभएको र बाँकी ५ जनामा कोरोना भएको पाइएको हो ।
अहिले पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ जना र ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा ४ जना गरी उपत्यकाका अस्पतालमा ८ जनाको आइसोलेशन अर्थात डाक्टरको निगरानीमा उपचार भैरहेको छ । यस्तै काठमाण्डाै उपत्यकामा बाहेक सबै प्रदेशमा ९१ जनाको आइसोलेशनमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच मन्त्रालयले थप पाँच ठाउँबाट कोरोनाको परीक्षण शुरु गर्ने तयारी भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार जनकपुर, धनगढी, सुर्खेत, वुटवल र हेडौंडामा कोरोनाको परीक्षण गर्न आवश्यक सामान र जनशक्ति पुगिसकेको छ ।
यी पाँचै ठाउँमा नमुना परीक्षणका लागि पोर्टेवल पिसिआर मेसिन सहित आवश्यक सामाग्री र जनशक्ति पुगिसकेकाले छिट्टै कोरोना परीक्षण गर्ने योजनामा रहेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार वीर अस्पताल, पाटन अस्पताल र धुलिखेल अस्पतालमा पनि कोरोना परीक्षणको तयारी भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।