नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
रसुवा - रसुवाको कालिका गाउँपालिकाले 'लकडाउन'को समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन कार्यविधि तयार पारेको छ ।
कोरोना भाइरसको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन अवधिमा लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन बनेको कार्यविधि-२०७६ निर्माण गरिएको हो ।
गाउँपालिकाले कार्यविधि निर्माण गरेर तथ्याङ्क सङ्कलन गर्न सुरु गरेको छ । गाउँपालिकाभित्र अहिले बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी, आफ्नो खेती नभएका, परिवारको कुनै सदस्यको नियमित आयआर्जन नभएका परिवारलाई कार्यविधिले समेटेको छ ।
गाउँपालिकाले लकडाउन अवधिभर लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताउनुभयो ।
‘हामीले कार्यविधि निर्माण गरेसँगै लगत सङ्कलन थालेका छौँ’’, उहाँले भन्नुभयो, ‘हाम्रो चाहाना भनेको गाउँपालिकाभित्र रहेका कोही पनि सामग्रीको अभावमा समस्यामा नपरुन् भन्ने हो ।’
गाउँपालिकाभित्र बसोबास गर्दै आएका, अत्यावश्यक दैनिक उपभोग्य वस्तुबाट बञ्चित भएका लक्षित परिवारलाई लकडाउन अवधिभर न्यूनतम दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।